Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026

झापा, २५ असार २०८२ । जंगली हात्तीले झापाको कन्काई नगरपालिकामा क्षति गरेको छ । आज बिहानको राति २ः३० बजे कनकाई नगरपालिका –८ त्रिवेणी चोकमा प्रजापति सामुदायिक वनबाट एउटा जंगली हात्ती आई सोही ठाउँ बस्ने निर्मला किसानको इटा सिमेन्टको गारो र टिनको छानो भएको एकतले घरको बरण्डा भत्काएको हो ।

हात्तीले बरण्डाभित्र राखेको करिब ४ मन धान खाएर १० वटा कुखुराको चल्ला समेत कुल्चेर मार्दा करिब २० हजार बराबरको क्षति भएको छ । उक्त हात्ती प्रजापति सामुदायिक वनतर्फ गएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया