Online Bichar
मंगलबार, जेठ २६, २०८३ | Tuesday, June 9, 2026

काठमाडौं, २४ असार २०८२ । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित लेन्दे नदीमा आएको बाढीमा परेका ५५ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीका अनुसार, १८ जना सम्पर्कविहीन छन् । तीन प्रहरी, ६ चिनियाँ नागरिक र ९ जना सर्वसाधारण बेपत्ता भएका छन् ।

रसुवागढीस्थित नेपाल–चीन सीमानाकामा चीनतर्फ अविरल वर्षाको कारण लेन्दे नदीमा बाढी आउँदा उनीहरू बेपत्ता भएका हुन् ।

त्यस्तै, मंगलबार दिउँसो ३ बजेसम्म सातजनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया