Online Bichar
बिहिबार, माघ ०९, २०८२ | Thursday, January 22, 2026

काठमाडौं, १९ असार २०८२ । लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ।

स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ।

२८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत सिजन प्रिमियर लिग जित्ने लिभरपुल टोलीका एक महत्त्वपूर्ण हिस्सा थिए।

पोर्चुगिज राष्ट्रिय टोलीले भनेको छ,‘जोटा एक महान् खेलाडी मात्र थिएनन्। एक असाधारण व्यक्ति पनि थिए। उनलाई सबै टोलीका साथी र प्रतिद्वन्द्वीहरूले पनि सम्मान गर्थे।’

तपाईको प्रतिक्रिया