Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

झापा, १९ असार २०८२। कोशी प्रदेशमा कोरोना सङ्क्रमणबाट अर्की महिलाको पनि मृत्यु भएको छ । विराटनगर-९ बस्ने ७५ वर्षीया कान्तादेवी पोद्धारको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । हिजो साँझ ५ बजे कान्तादेवीलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि न्युरो अस्पताल विराटनगर मा ल्याई चेकजाँच गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

अवस्था गम्भीर बनेपछि थप उपचारको लागि विराट टिचिङ अस्पतालमा लगी उपचार भइरहेकोमा आज बिहान ३ः३० बजे उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि गत असार १० गते कोरोना सङ्क्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको थियो । नयाँ भेरिअन्ट फैलिएयता कोरोना सङ्क्रमणबाट देशभरि दुई जनाको मृत्यु भएको हो । झापामा कोरोना सङ्क्रमणबाट ९ जना संक्रमित भएका छन् ।

 

तपाईको प्रतिक्रिया