काठ्माडौं, ११ असार २०८२ । स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका लागि ५४ जनाको आवेदन परेको छ ।मङ्गलबार तोकेको समयसम्म चार वटा उपकुलपति रिक्त रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५४ जनाको आवेदन परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका लागि १० जनाले आवेदन दिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका छन् भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका लागि १४ जनाले आवेदन दिएका छन् ।
त्यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका लागि १३ जनाले आवेदन दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।






