Online Bichar
शुक्रबार, भाद्र २६, २०८३ | Friday, September 11, 2026

काठमाडौं, १० असार २०८२ । नेपाली महिला फुटबल टिम २६ वर्षपछि एसियन कप खेल्ने अवसरको खोजीमा छ। पहिलो पटक प्रो लाइसेन्स प्रशिक्षक प्याट्रिक डे वाइल्डको साथमा नेपाली टोलीले एसियन कप छनोट खेल्दैछ। नेपाली टोलीले यसै दौरा १०० अन्तर्राष्ट्रिय खेलको कोशेढुंगा पनि पार गर्नेछ।

हालको टोलीमा प्रायः पुरानै खेलाडी छन्। एकजना नयाँ अनुहारले टिममा मौका बनाएकी छिन्। एपीएफ टिमकी डिफेन्डर प्रतिक्षा चौधरीले पहिलो पटक सिनियर टिममा मौका बनाएकी हुन्। नेपाली टिमले अन्तिम पटक सन् १९९९ मा एसियन कप खेलेको थियो। समग्रमा नेपाल चौथो पटक एसियन कप खेल्ने लक्ष्यसहित मंगलबार राति साढे ११ बजे उज्वेकिस्तान प्रस्थान गर्नेछ।

 

तपाईको प्रतिक्रिया