इलाम, १० असार २०८२ । इलामका अर्का एकजनामा पनि कोरोना संक्रमण देखिएको छ । हिजो बिहान इलाम सूर्योदय वडा नं. १० फिक्कल बस्ने ३९ वर्षीया एक महिला अचानक बिरामी भई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको थियो । उनलाई कोेरोना चेकजाँच गर्दा पोजिटिभि देखिएको हो । विरामीलाई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाइएको छ ।
यसअघि असार ५ गते इलाम रोङ गाउँपालिका-४ बस्ने ७४ वर्षका वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै केही दिनअघि झापामा दुईजनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।






