Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

काठमाडौँ, ५ जेठ २०८२ । सरकारले १४ वटा अस्पतालबाट सबै प्रकारका क्यान्सर रोगको उपचार सहुलियतमा दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात प्रदेशमध्ये बागमती प्रदेश र कोशी प्रदेशका १४ वटा अस्पतालले सो सम्बन्धी सेवा दिने भएका हुन् ।

क्यान्सर सम्बन्धी शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, औषधी, शय्या तथा प्रयोगशाला सेवा सहुलियतमा दिइने मन्त्रालयले जनाएको छ ।

यी १४ अस्पतालबाट सहुलियतमा सेवा प्राप्त गर्नका लागि विपन्न बिरामीले स्थायी बसोबास भएका वडाको सिफारिस पालिको सिफारिस पत्रसहित सम्बन्धित अस्पतालमा सम्पर्क राख्नुपर्ने मन्त्रालयको भनाइ छ । मन्त्रालयले ती अस्पतालबाट एक लाख रुपैयाँ सहुलियतमा उपचार गर्ने जनाएको छ ।

क्यान्सरसम्बन्धी एक लाख रुपैयाँ सहुलियतमा उपचार गर्ने अस्पतालहरू

बागमती प्रदेश

–वीर अस्पताल

–त्रि.वि.शिक्षण अस्पताल

–पाटन अस्पताल

–कान्ति बाल अस्पताल

–परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल

–निजामती कर्मचारी अस्पताल मिनभवन

–वीपी.कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन

–चितवन मेडिकल कलेज, चितवन

–भक्तपुर क्यान्सर अस्पताल भक्तपुर

–क्यान्सर केयर नेपाल जाउलाखेल

–काठमाडौँ क्यान्सर सेन्टर ताथली भक्तपुर

–नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि

–धुलिखेल अस्पताल, काभ्रे

कोशी प्रदेश

–वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

 

तपाईको प्रतिक्रिया