Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

झापा, ३१ जेठ २०८२ । झापाको भद्रपुरमा १० वर्षीया बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । भद्रपुर-५ बसपार्क नजिकै डेरा गरी आफन्तकोमा बस्दै आएकी ती बालिकालाई नातामा सानो बुबा पर्नेले बलात्कार गरेको प्रहरीले जनाएको छ । अन्दाजी ३५ वर्षीय ती आरोपीलाई शुक्रबार प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा लगिसकेको छ । बालिकालाई उपचारका लागि अस्पताल पठाइएको छ ।

आमाबुबा विहीन ती बालिका लामो समयदेखि आफन्तको बस्दै आएको र आफूलाई पटक-पटक जबरजस्ती करणी गरेको भनी पीडित बालिकाको बयानको आधारमा आरोपी पक्राउ परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान अघि बढाइसकेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया