Online Bichar
बिहिबार, भाद्र ११, २०८३ | Thursday, August 27, 2026

काठमाडौं, १० भदौ २०८३ । रसुवा बाढीमा परेकामध्ये १५७ जनाको शव फेला परेको छ। राति ११: ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ७ वटा जिल्लामा गरेर १५७ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले अहिलेसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कमा नआएको पनि जनाएको छ।

त्यस्तै बाढीका कारण विभिन्न अस्पतालमा ४१ जनाको उपचार भइरहेको प्रहरीले उल्लेख गरेको छ।

जसअनुसार २० जना त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं, ४ जना ट्रमा सेन्टर, ३ जना वीर अस्पताल, १ जना वीरेन्द्र सैनिक अस्पताल छाउनी, ३ जना नर्भिक अस्पतालमा र ९ जना त्रिशूली अस्पतालमा उपचाररत छन्।

 

तपाईको प्रतिक्रिया