Online Bichar
बिहिबार, भाद्र ११, २०८३ | Thursday, August 27, 2026

काठमाडौं, ११ भदौ २०८३ । धादिङबाट गोसाइँकुण्ड गएका आठ जना शिक्षक बुधबारदेखि सम्पर्कविहीन भएका छन् । धादिङका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कृष्णकुमार श्रेष्ठका अनुसार हाल कार्यरत रहेका तीन र पूर्वशिक्षक पाँच गरी आठ जना सम्पर्कविहिन भएका छन् ।

रसुवामा आएको बाढीका कारणलेसम्पर्कविहीन भएका शिक्षकहरुमा निलकण्ठ नगरपालिकामा रहेको पशुपति माविका ठाकुरप्रसाद लम्साल, देउराली माविको जानुका खनाल र पाल्पा सामारी भञ्ज्याङ माविको शिवहरी लम्साल सम्पर्कविहीन भएका छन् ।

गोसाइँकुण्ड तीर्थयात्रमा गएका धादिङका पाँच पूर्वशिक्षक पनि सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएका पूर्व शिक्षकहरुमा निलकण्ठ नगरपालिकाका तुलसी तिमिल्सेना र इश्वरीप्रसाद तिमिल्सेना सिद्धलेक गाउँपालिकाका हरिप्रसाद सिलवाल र घनश्याम भट्ट छन् भने ज्वालामुखी गाउँपालिकाका पूर्व शिक्षक नारायणप्रसाद लम्साल पनि सम्पर्क विहीन भएका छन् ।

 

तपाईको प्रतिक्रिया