काठमाडौं, १९ जेठ २०८२ । नेपालको तेस्रो विकेट पतन भएको छ। आइसीसी लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले तीन विकेट गुमाएको हो।
स्कटल्यान्डले दिएको २९७ रनको लक्ष्य पछ्याउने क्रममा भीम सार्की ४० रन बनाएर पेभेलियन फर्किएका हुन्। त्यसअघि ओपनर कुशल भुर्तेलले ५३ रन बनाएर आउट भएका थिए। त्यस्तै अर्का ओपनर आसिफ शेख २० रन बनाएर पेभेलियन फर्किएका थिए।
नेपालले २९ ओभरको समाप्तिमा १५५ रन बनाए खेलिरहेको छ।






