Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026
झापा, १६ जेठ २०८२ । झापाको शिवसताक्षीमा मानव कंकाल फेला परेको छ । आज (शुक्रबार) दिउँसो ४ बजेको समयमा शिवसताक्षी नगरपालिका-७ लालपानी मण्डलबस्ति स्थित कृष्ण मण्डलको मकै बारीमा मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उक्त घट्नाबारे स्थानियले जानकारी गराए पश्चात प्रहरीको टोली त्यसतर्फ गएर हेर्दा सडि गली सकेको अवस्थामा पुरूष मानिसको मानव कंकाल रहेको प्रहरीले जनाएको छ । प्रहरीले स्थानियसंग बुझ्ने क्रममा उक्त मानव कंकाल सोही ठाउँ बस्ने भिम श्रेष्ठको छोरा ४४ वर्षिय ओम प्रकाश श्रेष्ठको रहेको जनाइएको छ । मृतक श्रेष्ठले लगाएको कपडा, मालाको आधारमा आफन्तले शवको सनाखत गरेक‍ो जनाइएको छ । मृतक श्रेष्ठको मानसिक सन्तुलन ठिक नभएको आफन्तले बताएका छन् ।
यही १ गते गते घरबाट हिडी हराएको भन्दै उनको आफन्तले जेठ ३ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा हुलिया निवेदन समेत दिएको थियो । घट्नास्थलको सम्पूर्ण कानूनी प्रकृया पुरा गरि मानव कंकाल पोष्टमार्टमको लागि धरान घोपा पठाईएको छ । घट्नाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तपाईको प्रतिक्रिया