काठमाडौं, १५ जेठ २०८२ । सरकारले २०८२/८३ को बजेट भाषणमा खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई प्रोत्साहन गर्न नयाँ कार्यक्रम ल्याएको छ।
अन्तर्राष्ट्रिय स्तरमा पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहन गर्न सरकारले खेलाडी र उनीहरूका सन्ततिका लागि शैक्षिक छात्रवृत्ति प्रदान गर्ने बताएको हो। खेलाडी र प्रशिक्षकलाई दिइने पुरस्कारलाई यो वर्षको बजेटमा पनि निरन्तरता दिइएको छ।
खेल क्षेत्रमा महिला सहभागिता बढाउन महिला लक्षित प्रशिक्षण र तालिमको व्यवस्था गरिनेछ। उत्कृष्ट महिला खेलाडीलाई पुरस्कारको विशेष व्यवस्था गरिने बताइएको छ।
प्रत्येक प्रदेशमा कम्तीमा ३ विद्यालयमा स्पोटर्स एकेडेमी सञ्चालन गरिने छ।
स्काउटका माध्यममा युवालाई कर्तव्यपरक र स्वावलम्बी तथा सुयोग्य बनाई सामाजिक कार्यमा परिचालन गरिनेछ।






