Online Bichar
बुधबार, जेठ ०१, २०८२ | Wednesday, May 14, 2025

काठमाडौं, २२ वैशाख २०८२ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कुनै अस्पतालले बिमा कार्यक्रमलाई रोके पुनः नवीकरण नहुने स्पष्ट पारेका छन् ।

सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले सरकारले बिमाको रकम छिटो फरफारक गर्ने भन्दै कुनै अस्पतालले बिमा कार्यक्रम रोके पुनः नवीकरण नहुने स्पष्ट पारे ।

आइतबार मात्रै बिमाबापतको झन्डै चार अर्ब रकम अस्पालमा पठाइएको उनले बताए । उनले त्यति नै रकम छिटै अस्पतालमा पठाउने तयारी गरिएको जानकारी दिए ।

मन्त्री पौडेलले बिमा प्रणालीलाई थप व्यवस्थित गर्दै अघि बढाउने जिकिर गरे । नेपालको सबै स्वास्थ्य सेवा बिमालाई एकीकृत ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया