काठमाडौं, १९ वैशाख २०८२ । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई नियमन गरिने बताए।
उनले सामाजिक सद्भावलाई प्रवर्द्धन गर्न सामाजिक सञ्जालको नियमन गर्नुपर्ने बताए। ‘सामाजिक सद्भाव प्रवर्द्धन गर्न सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन प्रभावकारी नियमन गरिनेछ। नागरिकको सुरक्षाका लागि राज्यको सुरक्षा प्रणाली सुदृढ गरिनेछ,’ उनले भने।