Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

झापा, १५ वैशाख २०८२ । झापामा पानीसँगै परेको चट्याङले लागेर ५ वटा चौपायाको मृत्यु भएको छ । गएराती १२:५ बजेको समयमा हल्दिबारी गाउँपालिका-२ पग्लाबारी बस्ने जयराम मुर्मुको गोठमा बाँधि राखेको गाई २ वटा, बाछि १ वटा, माउ बाख्रा १ वटा, पाठी १ वटालाई राती पानीसंगै परेको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उक्त घट्नाबाट अन्दाजी १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया