Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

झापा, ९ वैशाख २०८२ । झापा कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । इलाम माङ्सेबुङ गाउँपालिका-४ घर भई झापा कारागारमा ज्यान सम्बन्धि मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षिय धन बहादुर बिश्वकर्माको हिँजो (सोमबार) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दिउँसो अचानक सास बढेर बिरामि भई विश्वकर्मा ढलेका थिए । उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर झापा लगिएकोमा ४ः४० बजेको समयमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मेडिकल रिपोर्टका अनुसार मृतक विश्वकर्मालाई घाटीको क्यान्सरको लक्षण देखा परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया