Online Bichar
मंगलबार, बैशाख ०९, २०८२ | Tuesday, April 22, 2025

काठमाडौँ, ३१ चैत २०८१ । ललितपुरको च्यासलमा एक बालिकाको शव ट्यांकीभित्र फेला परेको छ । बझाङ घर भइ च्यासल बस्दै आएकी १४ वर्षीया दुर्गा बोहराको शव फेला परेको हो ।

च्यासलस्थित श्रमिक शान्ति स्कुलमा पढ्दै आएकी दुर्गा चैत ४ गतेदेखि परिवारको सम्पर्कबाट छुटेकी थिइन् । दुर्गा हराएको निवेदन उनका बुबाले प्रहरी प्रभाग मंगलबजारमा चैत ४ मै दिएको खुलेको छ ।

तर, शव भने शुक्रबार फेला परेको हो । प्रहरीका अनुसार, पुरानो घरको बाथरुमनजिक बनाइएको पानी ट्यांकीभित्र शव फालेर माथिबाट कपडाले छापेको अवस्थामा फेला परेको हो । प्रहरीले बोहराको हत्या गरी फालेको आशंकामा अनुसन्धान थालेको छ ।

दुर्गाको बुबा–आमा र दाजुभाइ च्यासलमा डेरामा बस्दै आएका छन् ।

 

 

तपाईको प्रतिक्रिया