Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

झापा, ३१ चैत २०८१ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन् ।

गौरादहको वडा नं–१ स्थित चैतु चोकमा ओलीले नगर अस्पताल भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ्य उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गरे । अस्पताल निर्माणका लागि कुल दुई बिगाह जग्गामा रु.१२ करोड ५९ लाख ७९ हजार चार सय ९६ रुपैयाँको लागतमा २०८३ माघ १४ भित्र निर्माण सम्पन्न हुने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ।

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैय्याको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकोमा जग्गा प्राप्तिमा ढिलाइ भएका कारण गौरादहमा अस्पताल निर्माण सुरु हुन सकेको थिएन।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया