Online Bichar
शनिबार, भाद्र २७, २०८३ | Saturday, September 12, 2026

काठमाडौं, २८ चैत २०८१ । कान्ति बाल अस्पतालमा बालबालिकाका निम्ति पेडियाट्रिक हेमोडायलायसिस सेवा सुरु भएको छ ।

बिहीबारदेखि अस्पतालले सो सेवा प्रवाह सुरु गरेको हो । दुईवटा मेसिनसहित आकस्मिक उपचार गर्नेगरी सेवा सुचारु गरिएको अस्पताल निर्देशक डा। पंकज रायले जानकारी दिए । हाललाई आवश्यकताका आधारमा दैनिक डायलायसिस सेवा चलाइने उनले बताए ।

यसअघि आकस्मिक हेमोडायलायसिस आवश्यक पर्ने बालबालिकालाई अन्यत्र पठाउनुपरेका घटना पटकपटक भएपछि स्वास्थ्य सेवा विभागले अस्पताललाई दुईवटा मेसिन उपलब्ध गराएको हो । यो सेवा १५ वर्षसम्मका बालबालिकाले पाउनेछन् ।

तपाईको प्रतिक्रिया