Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

काठमाडौँ, २ पुस । नेपाल आयल निगमको इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमितता र सब ६१ करोड रुपैयाँ आयकर ९राजस्व० छलीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

जग्गा खरिद अनियमिततामा मुछिएका निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरे पनि जग्गा खरिद अनियमितताका विषयमा कारबाही प्रक्रिया अघि नबढाएपछि अख्तियारको भूमिकामाथि प्रश्न उठेको हो ।

स्रोतका अनुसार ‘शक्ति दलाल’ समूहको प्रभावमा परेर अख्तियारले खड्कालाई मात्र मुद्दा दायर गरेर जग्गा खरिद अनियमितता र राजस्व छली गर्ने अन्य पक्षको अनुसन्धानलाई थाती राखेको छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments