जेबि खड्का
गौरादह, ९ चैत २०८१ । गौरादह नगरपालिका वडा नं.८ मा संचालन गरिएको आँखा शिविरमा १०० जना मोतिया बिन्दुका बिरामी भेटिएका छन। शिविरमा भेटिएका मोतिया बिन्दुका बिरामीलाई अपरेसनका लागि आँखा अस्पताल आउन सल्लाह दिएको अस्पतालका आँखा बिशेषज्ञ केशिका थापाले बताइन् ।
गौरादह आई केयर प्रा.लि. को प्राबिधिक सहयोगमा संचालन गरिएको शिविरमा सेवा लिन आउने सेवाग्राहीलाई निशुल्क औषधि र आवश्यकता अनुसार चस्मा बितरण गरिएको थियो। गौरादह नगरपालिका वडा नं.८ को आयोजनामा संचालन गरिएको शिविरमा गौरादह नगरपालिका भित्रका १ सय ७७ जनाले सेवा लिएका थिए। शिविरमा आँखा जाँच गराउन आउने आँखाका बिरामीहरु मध्ये अधिकांश मोतिया बिन्दुका बिरामी भेटिएका थिए। यसका साथै आँखाका एलर्जी, मासु पलाएका, आँखा चिलाउने लगायतका बिरामी भेटिएको नेत्र बिशेषज्ञ थापाले बताइन् । आँखाका समस्या भएका बिरामीहरुलाई घर आँगनमा पुगेर सेवा दिने गौरादह आई केयर अस्पतालको लक्ष्य रहेको अस्पतालका संचालक ध्रुब गिरीले जानकारी गराएका छन। नगरपालिका भित्र बसोवास गर्ने नागरिकहरुलाई सेवा दिन सबै वडामा पुगेर आँखाको समस्या समाधान गर्ने अस्पतालको लक्ष्य रहेको संचालक गिरीले बताएका छन। आँखा जस्तो सम्बेदनसिल अङ्गबाट कुनै नागरिकले समस्या भेग्नु नपरोस भन्ने उदेश्य अस्पतालले लिएको पनि गिरीले बताएका छन।
गौरादह नगरपालिका वडा नं.८ को अरुणोदय आधारभूत बिद्यालयमा संचालन गरिएको शिविरमा आँखाका साथै दन्त शिविर पनि संचालन गरिएको थियो।बिराट डेन्टल अस्पतालको प्राबिधिक सहयोगमा संचालन भएको दन्त शिविरमा ४० जना सेवाग्राहीले सेवा लिएको अस्पतालका रामदेब यादबले जानकारी गराएका छन। अरुणोदय आधारभूत बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष सितामाया गुरुङको सभापतित्वमा सम्पन्न शिविरमा गौरादह नगरपालिका वडा नं.८ का वडाध्यक्ष गणेश राजवंशी प्रमुख अतिथि रहेका थिए। शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि राजवंशीले वडा बासीहरुलाई घरआँगनमा सहज सेवा दिन दन्त र आँखा अस्पताल सँग समन्वय गरि शिविर संचालन गरिएको बताएका छन।