काठमाडौँ, ७ चैत २०८१ । काठमाडौँको महाबौद्धमा कुकर पड्किँदा एक जना घाइते भएका छन् । हिजो (बुधबार) बिहान साढे सात बजे काठमाडौँ महानगरपालिका-२७ स्थित लक्ष्मीनारायण भवनमा सञ्चालित खाजा घरमा कुकर पड्किँदा सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भई हाल काठमाडौँ २७ बस्ने खाजापसल सञ्चालक ३४ वर्षीय ज्ञान बहादुर श्रेष्ठ घाइते भएका हुन् ।
बुधबार बिहान श्रेष्ठले खाजाघरमा चना उसिन्ने क्रममा सिट्ठी नलागेपछि कुकर हल्लाएका थिए। त्यस क्रममा कुकर पड्किएको थियो।
घाइते उनलाई तत्काल उपचारका लागि उनका भाइ जितमानले वीर ट्रमा सेन्टर लगेका थिए । उनको दाहिने खुट्टा फ्याक्चर भएको र बाँया हातमा चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।






