Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, १ पुस । पतन्जली योग नगर समिति गौरादहले ५ औँ विश्व योग दिवश भव्यताका साथ मनाएको छ । गौरादह उद्योग वाणिज्य संघको हलमा मंंगलबार आयोजना गरेको कार्यक्रममा नगरभित्रका योग साधक साधिकाहरुको उल्लेख्य उपस्थिती रहेको थियो । योग गरौं निरोगी हौं भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा पतन्जली योग जील्ला समिति सचिव निर्मल वास्तोलाले योगासनको माध्याम बाट सवै प्रकारका रोगहरु निर्मुल गर्नुका साथै मानसिक तनाव हटाउन सकिने बताए ।

योगको माध्यमबाट आफ्नो जिउको सुरक्षा आफैमा गर्न सकिने भएकोले युवाहरुमा देखा परेका विभिन्न प्रकारका रोगहरु बाट बच्नको लागी खानपिनमा ध्यान पु¥याउदै दैनिक योगाभ्यास गर्ने गरेमा सवै प्रकारका रोगहरुबाट सुरक्षीत बन्न सकिने वास्तोलाले वताए । कार्यक्रममा पतन्जली योग समिति गौरादहले हरेक दिन विहान निशुल्क योग साधना कक्षा सञ्चालन गर्दै आएको वारेमा जानकारी गराइएको थियो ।

गौरादह नगरपालिका भित्र गेउरिया, पाटागाडा, मजुवा र ग्वालडुब्बामा साखा स्थापना गरी निशुल्क योग कक्षाहरु सञ्चालन भइरहेको र नगरपालिकाको सहयोग रहेमा अन्य स्थानमा समेत साखा स्थापना गरी सेवा सञ्चालन गर्न सकिने जानकारी गराईएको थियो । कार्यक्रममा योग प्रशिक्षक कृष्ण कोइरालाले असन्तुलित भोजनको कारणबाट पे्रशर, ग्यास्ट्रिक र सुगर जस्ता रोग लाग्ने गरेको वताउदै ५ हजार बर्ष पुरानो योग शिक्षाको माध्यमबाट मानव शरिरमा लाग्ने विभिन्न प्रकारका रोगहरुको निराकरण गर्न सकिने बताए ।

वडा नं. १ वडाध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारीले नगरपालिकाले आयोजना गर्दै आएको एलोपेथिक सम्वन्धी स्वास्थ्य शिविर जस्तै योग शिविर पनि सञ्चालन गर्न सकिने र यसको लागी नगरपालिका सदैव सकारात्मक रहने वताए थिए । पतन्जली योग नगरसमिति अध्यक्ष भवानी प्रसाद चौँलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य चन्द्र शुब्बा, वडा नं. ३ वडाध्यक्ष गजेन्द्र्र घिमिरे, जेसिस वर्ष २०१९ अध्यक्ष माधव कोइराला तथा विभिन्न साखाका योग प्रशिक्षकहरुले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया