Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

विराटनगर, १ माघ । दुर्घटना न्युनिकरणको लागि ट्राफिक प्रहरीले विराटनगरमा मुकुट अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय मोरङले बिराटनगर महानगरपालिका वडा नम्बर ४ कन्चनवारीमा ट्राफिक प्रहरीको मुकुट बनाएर राखेको हो । रातीको समयमा अत्याधिक दुर्घटना भएपछि ट्राफिक प्रहरीले आफ्नै मुकुट बनाएर राखेर दुर्घटना रोक्ने काम शुरु गरेको जनाएको हो ।
पछिल्ला दिनमा ट्राफिक दुर्घटना अत्याधिक बढेपछि यो क्षेत्रमा ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरणको लागि मुकुट राखेको जनाएको छ । कंचनबारी चौक स्थित ट्राफिक प्रहरी पोष्ट नेमुवाको अनुरोधमा कंचनबारी बजार व्यवस्थापन समितिले सडकमा राखिएको सडक डिभाईडरमा ठक्कर ठोक्कीएर दुर्घटना हुने गरेकोले उक्त दुर्घट्नालाई न्युनिकरण गर्न ट्राफिक प्रहरीको मुकुट राखिएको हो । यसरी राखिएको मोकुटमा बिराटनगरमा कार्यरत ट्राफिक प्रहरीको तस्विर राखिएको छ ।

तपाईको प्रतिक्रिया