Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

झापा, २५ फागुन २०८१ । झापाको मेचीनगर नगरपालिका वडा नं.४ बाहुनडाँगीस्थित मानव सेवा आश्रममा एक व्यक्तिको मृत्यु भएको छ ।

गत कात्तिक २८ गते मानव सेवा आश्रमका कर्मचारी खगेन्द्र बि.क.ले निन्दा खोलाबाट वतन नखुलेका बेवारिसे पुरुष अन्दाजी ६६ वर्षका गिरीराज मानवलाई उद्धार गरी आश्रममा लिएर गएका थिए । आज दिउँसो २:२० बजे आश्रममा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र प्रहरी चौकी बाहुनडाँगीबाट प्रहरी टोली खटिएर कानुनी प्रकृयालगायत अन्य थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया