Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

काठमाडौं, २२ फागुन २०८१ । सरकारले सन् २०२४ मा ५४ जना अमेरिकी नागरिकलाई निष्कासन गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार अध्यागमन विभागले ५४ जना अमेरिकी नागरिकलाई निष्कासन (डीपोर्ट) गरेको हो।

भिसाको म्याद सकेर पनि लुकिछिपी नेपालमा बसिरहेका उनीहरूलाई अध्यागमन विभागले निष्कासन गरेको हो। ‘भिसाको म्याद सकेर पनि नेपालमा लुकिछिपी बसेको भेटिएपछि उनीहरूलाई कानुनी प्रक्रिया पुर्‍याएर डीपोर्ट गरेका हौं,’ स्रोतले  भन्यो।

सरकारले २०२४ मा कूल ४९४ विदेशी नागरिकलाई निष्कासन गरेको छ। निष्कासित हुनेहरूमा भिसाको म्याद गुज्रिएका (ओभर स्टे) हरू बढी छन्। त्यस्तै ४५ जना अन्य कसूरमा निकालिएको स्रोतको भनाइ छ। तीमध्ये जबरजस्ती करणीदेखि बालयौन दुराचारसम्मको आरोप लागेकाहरू रहेको गृह मन्त्रालयको भनाइ छ।

अध्यागमन ऐन २०४९ अनुसार विदेशी नागरिकलाई अवधि तोकि वा नतोकी निष्कासन गर्न सकिने व्यवस्था छ। अध्यागमन कार्यविधि २०६५ अनुसार कसूरको प्रकृति हेरी १० वर्षसम्म पुनः नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने व्यवस्थासमेत छ।

विदेशी नागरिकहरू एक भिसा वर्षमा १५० दिनसम्म पर्यटक भिसामा नेपाल बस्न पाउँछन्। सो अवधिभन्दा बढी बसे उनीहरू ओभर स्टे हुन्छन्।

 

तपाईको प्रतिक्रिया