Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

दाङ, १ माघ । तुलसीपुर उपमहानगरपालिकालाई माघ १ गतेबाट प्लाष्टिक झोलामुक्त उपमहानगर घोषणा गरिएको छ । पहिलो चरणमा २० माइक्रोनभन्दा कम तौलका प्लाष्टिकका झोला प्रयोगमा बन्देज लगाइएको छ । प्लाष्टिकका गिलास, थाल, प्लेट र कचौरा समेत प्रयोग गर्न पाइने छैन ।

तुलसीपुर उपमहानगरपालिकालाई हरित नगरका रुपमा विकास गर्न लागि उपमहानगरले विगतदेखि नै विभिन्न अभियान सञ्चालन गर्दै आएको बताउँदै नगरप्रमुख घनश्याम पाण्डेले प्लाष्टिक झोलामुक्त अभियान पनि त्यसैको निरन्तरता भएको बताए ।

तपाईको प्रतिक्रिया