Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

धरान, ३० पुस । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले ‘अन द स्पट’ चालक तथा सवारी चाँज कार्यक्रमलाई तीव्रता दिएको छ ।
जिल्ला ट्राफिकले प्रहरी, चिकित्कस, मेकानिक, इन्जिनियरलगायतको सहयोगमा अन द स्पट चालकको स्वास्थ्य परीक्षणदेखि सवारी चाँज गरेको हो ।

आइतबार धरानको नाका तिनकुनेमा सवारी साधनको जाँच साथै चालकको पनि स्वास्थ्य अवस्थाबारे परीक्षण गरिएको जिल्ला ट्राफिकका प्रहरी हवल्दार दीपराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार चालकको अवस्था साथै सवारी साधनको जाँच गर्दै सचेतनामूलक कार्यक्रम पनि गरिएको छ । त्यसक्रममा साना ठूला गरी ९९ वटा सवारी सधानको जाँच गरिएको थियो ।

जसमध्ये ६ जना चालकको आँखा कमजोर रहेको फेला परेको थियो भने ५ जना चालकमा उच्च रक्तचाप देखिएको थियो । त्यस्तै १० वटा सवारी साधन ठिक अवस्थानमा नरहेको फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।

सवारी साधनको यान्त्रिक अवस्था ठिक नभएकालाई तत्काल सुधारका लागि सुझाव दिइएको छ । अत्यधिक दुर्घटना बढेको भन्दै टूाफिक प्रहरी कार्यालय धरानले जनचतेनामूलक कार्यक्रम गरेको हो ।

ब्लाष्टखबरबाट साभार

तपाईको प्रतिक्रिया