Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

इलाम, ३० । पुस सहमति विपरित चिकित्सा शिक्षा विधेयक पारित गरेपछि इलाममा गएकर १६औं अनसन बसिरहेका डा. केसीलाई इलाम अस्पतालमा सारिएको छ।

सहरी विकास भवनमा अनशनरत डा. केसीको मुटुको चाल अनियमित भएपछि सोमबार बिहान ९ बजे अस्पताल सारिएको केसीका सहयोगी डा. अभिशेक सिंहले जानकारी दिए।

अस्पताल सार्ने क्रममा डा. केसीले आफू विरामी नभएको भन्दै अस्पताल जानुनपर्ने भन्दै बरु माग पूरा गर्न आग्रह गरेका थिए।

तर केसीको अवस्था थप गम्भीर भएपछि उनलाई एम्बुलेन्समा राखेर इलाम अस्पताल पुर्‍याइएको हो। डा. केसीले समर्थकलाई हात हल्लाएर अविभादन गरेका थिए ।

दोस्रो दिनदेखि नै छातिको दुःखाई, खोकीलगायतका समस्या सुरु भएकोमा पाँचौ दिन आइतबारदेखि मुटुको चालसमेत अनियमित भएको थियो। डाक्टर केसीको स्वास्थ्य अवस्था हेरिरहेका डाक्टर रामकृष्ण आचार्यका अनुसार दाहिने फोक्सो पनि राम्रोसँग खुलेको छैन। छातिमा संक्रमण भइसकेको अनुमान गरिएको छ। पिसाब कम आउन थालेको छ। शरीरमा पानी र इलेक्ट्रोलाइट्सको मात्रा कम भएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments