Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, ३० पुस । व्यवसायीले चिनीको मूल्य बढाउन फेरि चलखेल सुरु गरेका छन् । स्वदेशी उद्योग प्रवद्र्धनको नाममा दसैँको मुखमा आयात बन्द गर्न सफल उद्योगीहरु अहिले मूल्य बढाउन चलखेलमा लागेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिएको हो ।

उनीहरुले आफ्नो लागतमा (कारखाना मूल्य) प्रतिकिलो ७८ रुपैयाँ १० पैसा पर्ने भन्दै राष्ट्रिया योजना आयोग, अर्थ उद्योग तथा कृषि मन्त्रालयमा विवरण बुझाइसकेका छन् । यही मूल्य कार्यन्वयन भए उपभोक्तले किलोमा सय रुपैयाँ तिर्न बाध्य हुने जानकारहरु बताउछन् ।

‘उद्योगीहरुले कारखाना मूल्य बढाएर ६० रुपैयाँ पु¥याएका छन् । थप बढाएर ७८ रुपैयाँ १० पैसा पु¥याउन सुझाव दिएका छन्,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘वर्षभरिको घाटा पूर्ति गर्न खोजेको देखिन्छ ।’
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया