Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

काठमाडौं, ३० पुस । व्यवसायीले चिनीको मूल्य बढाउन फेरि चलखेल सुरु गरेका छन् । स्वदेशी उद्योग प्रवद्र्धनको नाममा दसैँको मुखमा आयात बन्द गर्न सफल उद्योगीहरु अहिले मूल्य बढाउन चलखेलमा लागेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिएको हो ।

उनीहरुले आफ्नो लागतमा (कारखाना मूल्य) प्रतिकिलो ७८ रुपैयाँ १० पैसा पर्ने भन्दै राष्ट्रिया योजना आयोग, अर्थ उद्योग तथा कृषि मन्त्रालयमा विवरण बुझाइसकेका छन् । यही मूल्य कार्यन्वयन भए उपभोक्तले किलोमा सय रुपैयाँ तिर्न बाध्य हुने जानकारहरु बताउछन् ।

‘उद्योगीहरुले कारखाना मूल्य बढाएर ६० रुपैयाँ पु¥याएका छन् । थप बढाएर ७८ रुपैयाँ १० पैसा पु¥याउन सुझाव दिएका छन्,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘वर्षभरिको घाटा पूर्ति गर्न खोजेको देखिन्छ ।’
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments