Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

जनकपुरधाम, २९ पुस । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवद्वारा पर्यटन, वन तथा वातावारण सचिव विद्यानाथ झामाथि भएको कुटपिट घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा छानबिन समिति गठन भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ। छानबिन समितिमा प्रदेश २ का मुख्यसचिव दीपक सुवेदी र कार्यालय सचिव हरि फुयाल सदस्य छन्।

घटनाबारे दुवै पक्षसँग छलफलपछि आइतबार साँझ छानबिन समिति गठन गरिएको मुख्यसचिव सुवेदीले जानकारी दिए। घटनाबारे छानबिन गरी निष्कर्ष निकाल्न समिति गठन गरिएको जानकारी गराउँदै मुख्यसचिव सुवेदीले सोमबारबाट मन्त्रालयको काममा कुनै अवरोध नगरिनेबारे छलफल भएको पनि बताए।

आफूले सिफारिस गरेको एनजिओलाई कार्यक्रम नपारेको भन्दै प्रदेशमन्त्री विजय यादवले आइतबार दिउँसो आफ्नै कार्यकक्षमा बोलाएर झापड र लात हिर्काउँदै दुर्व्यवहार गरेको सचिव झाले बताएका छन्।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments