Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

दाङ, २९ पुस ।  रुकुम पूर्वको जंगलमा नावालक छोरा र आमा झुण्डिएको अवस्थामा फेला परेका छन्।

जिल्लाको सिस्ने गाउँपालिका–६, की एक महिलाले नाबालक छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेको खुल्न आएको छ।

३० वर्षीया रेनुका विसी शाहले २० महिने छोरा एटियमको हत्यापछि आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवं डिएसपी लोकनाथ तिम्सिनाले बताए।

तिम्सिनाका अनुसार रेनु पुस २६ गते छोरा लिएर घरबाट निस्किएकी थिइन्। घरदेखि झण्डै साढे ३ किलोमिटर टाढाको जंगलमा नाबालक एटियम झुण्डिएको अवस्थामा र आमा भुइँमा लडेको अवस्थामा फेला परेको प्रमुख तिम्सिनाले जानकारी दिए।

‘एउटै डोरीमा झुण्डिएको अवस्थामा आमा छोराको शव फेला परेको छ,’ तिम्सिनाले भने।

यसअघि पनि रेनुले आत्महत्याको प्रयास गरेको भन्ने परिवारले दाबी गरेका छन्।

प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले पनि आत्महत्या गरेको अनुमान गर्न सकिने उनले बताए।

उनले मृतक महिलाको योनीबाट रगत समेत बगेको हुँदा घटनाबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिए।

उनका पति गाउँपालिकामा रहेको जेसिवीको हेल्पर रहेको र उनी घरमै रहेको तिम्सिनाले जानकारी दिए।

नाबालक छोरा र पत्नी साँझ अबेरसम्म पनि घर नआएपछि उनका पतिले त्यही दिन नै प्रहरीलाई खबर गरेको प्रहरीले बताएको छ।

सेतोपाटी बाट साभार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments