Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

धरान, २९ पुस । राष्ट्रिय गौरबको आयोजना २२० केभी प्रसारण लाइनमा विवाद बढेपछि स्थानीय सरकार, प्रदेश सरकार, आयोजनाका प्रमुख, राजनीति दलका प्रतिनिधिसँगै स्थानीयको संयुक्त टोलीले अवलोकन गरेको छ ।

नेपाल सरकारको राष्ट्रिय गौरबको योजनाको रुपमा अधि बढाइएको प्रशारण लाइनका विषयमा स्थानीयले उठाएका समस्याहरुको बारेमा बुझ्नको लागि मुख्यमन्त्री शेरधन राईले स्थलगत अवलोकन गरेका छन् ।

मुख्मन्त्री राईले संघीय सांसद प्रदेश १ का सभामुख , स्थानीय जनाप्रतिनिधि, नेपाल विद्युत प्राधिकरणका आयोजना प्रमुख, प्राविधिक, स्थानीय राजनीतिक दलका प्रतिनिधिसहितको संयुक्त टोलीले धरान–२० को गोर्खापार्क, चिन्डेडाडालगायतको स्थलगत अवलोकन गरेका हुन् ।

स्थलगत अवलोकनको क्रममा मुख्यमन्त्री राईले राष्ट्रिय गौरबको परियोजना कुनै पनि बहानामा रोकिनु नहुने धारणा राखेका थिए । यसमा जनस्तरबाट सहयोग गर्न आवश्यक रहेको औँल्याउदै गहन रुपमा अध्ययन गरेर अगाडी बढ्ने स्थानीयलाई आश्वासन दिए ।

धरान उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नं. २० का वडाध्यक्ष मणिराम राईले राष्ट्रिय गौरबको आयोजना आउनु राम्रो भएको बताउदै यसबाट हुने असरको विषयमा सम्बन्धीत पक्ष ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।

एक्ष्ट्रिम धरानका अध्यक्ष लेखमणी जिमीले प्याराग्लाइडिङले धरानको शाहसिक पर्यटन खेललाई उचाइमा लादै गरेको अवस्थामा प्रशारण लाइनका कारण बाधा पुग्ने बताए ।

यता आयोजना प्रमुख इन्जिनिय राजन ढकालले सरकारको राष्ट्रिय योजना भएकोले सरकारको निर्देशन अनुसार प्राधिकरणले काम गर्ने बताए ।

स्थलगत अवलोकनमा संघीय सांसद जयकुमार राई, मिन विश्वकर्मा, प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारी, कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदी, नेपाल विद्युध प्राधिकरणका आयोजना प्रमुख इन्जिनियर राजन ढकाल, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

अवलोकन पछि धरान उपमहानगरपालिकामा छलफल समेत गरिएको छ

तपाईको प्रतिक्रिया