Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

काठमाडौं, ५ फागुन २०८१ । औषधि व्यवस्था विभागले सुप्रिम हेल्थकेयर प्रालि बाराद्वारा उत्पादित एक औषधि बिक्रीमा रोक लगाएको छ । विभागले उक्त कम्पनीको ‘सुपरजोल १००’ नामक इन्ट्राकोनाजोल नामक एन्टिफंगल औषधिको एक ब्याचलाई रोक लगाएको हो ।

उक्त औषधिको ब्याच नम्बर एसयूसी.२३००६ राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । यो औषधि घाँटी तथा फोक्सोको विभिन्नखाले संक्रमणको उपचारमा प्रयोग हुने गरेको छ ।

खराबी देखिएको ब्याचको औषधि बिक्री नगर्न तथा बजारबाट फिर्ता ल्याइ सो को विवरण बुझाउन विभागले उत्पादक कम्पनीहरूलाई निर्देशन दिएको छ । उक्त ब्याचकोे औषधि सिफारिस र प्रयोगसमेत नगर्न विभागले आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया