Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

दमक, २८ पौष । हाम्रो हितकारी कृषि सहकारी सस्थाले आज एक दिवसीय स्वस्थ्य सिबिर सम्पन्न गरेको छ । झापाको कमल गाउँपालिका ४ सितापुरीमा संचालित सो सहकारीले आयोजना गरेको स्वास्थ्य सिविरबाट ३ सय ५० स्थानीयले स्वस्थ्य लाभ लिएका थिए ।

लिटल ऐन्जल्स अङ्ग्रेजी बोर्डिङ इस्कूल सितापुरिको प्राङ्गणमा लाइफ लाइन अस्पताल दमक र दमक हस्पिटलको सहकार्यमा सिबिर सम्पन्न गरिएको सहकारीका सचिव नारायण काफ्लेले बताए ।

सिबिरमा लाइफलाइन अस्पताल दमकका बरिष्ठ फिजिसियन डाक्टर सुसान्त कटवल, डा अभि चन्द्र सुब्बा र बरिस्ठ डेन्टल सर्जन डाक्टर नबलिक झा साथै दमक हस्पिटलबाट अँखा रोग विशेषज्ञ डा . मोती बराल, अँखा रोग विशेषज्ञ डा हर्क राई लगाएतले प्राविधिक सहयोग पुर्याएका थिए ।

परीक्षणबाट ३० जनालाई लाई मोती बिन्दु भएको पाइएको र थप उपचारकालागि सिफारिस गरिएको थियो । स्वस्थ्य जाँचबाट सुगर, प्रेसरको समस्या भएकाहरु अत्यधिक पाइएको सचिव काफेलेले बताए ।

स्वस्थ्य सिबिरको सुभारम्भ सस्थाका अध्यक्ष चन्द्र बा राईले गरेका थिएभने सस्थापक सदस्य तथा ऋण समितिका अध्यक्ष लक्ष्मी प्रकाश खनालले स्वागत मन्तव्य राखेको कार्यक्रम संचाल सस्थाका सचिव नारायण काफ्लेले गरेका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments