Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, २८ पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठनात्मक र पार्टी एकीकरणका बाँकी कामको गृहकार्य गर्न गठित कार्यदलले पुस मसान्तभित्र प्रतिवेदन तयार गर्न नसक्ने भएको छ । कार्यदलमा सदस्य रहेका मन्त्रीहरुको कार्य व्यस्तताका कारण नियमित बैठक समेत बस्न नसकेपछि कार्यदलले समयमा काम पुरा गर्न नसक्ने भएको हो ।

९ सदस्यीय कार्यदलमा चारजना मन्त्री छन् । नेकपाको पुस १३ गतेको स्थायी कमिटी बैठकले तल्लो तहसम्मको पार्टी एकता गर्ने कार्य्विधी बनाउन पुस मसान्तसम्म समयसीमा दिएर गृहमन्त्री एवं नेकपा नेता रामवहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदललाई १० दिनको समय दिएर प्रतिवेदन सचिवालयमा पेश गर्न भनेपनि सो अनुसार काम हुन सकेको छैन । अब माघ २ गतेपछि बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भएपनि जिल्ला तहभन्दा तल्लो तहको एकता हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया