Online Bichar
मंगलबार, मंसिर ०२, २०८३ | Tuesday, November 17, 2026

काठमाडौँ, १ फागुन २०८१ । पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा ७० प्रतिशत लक्षित किशोरीले खोप लगाएका छन् ।

खोप अभियान सुरु भएको नवौँ दिनमा ११ लाख ६१ हजार ८७४ लक्षित किशोरीले एचपिभी खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश अनुसार कोशी प्रदेशमा दुई लाख १९ हजार ८३, मधेश प्रदेशमा एक लाख ८१ हजार ४८७, बागमती प्रदेशमा दुई लाख २४ हजार ७०२ किशोरीले खोप लगाएका छन् ।

यसैगरी, गण्डकी प्रदेशमा ९८ हजार १७३, लुम्बिनी प्रदेशमा दुई लाख १० हजार ८६, कर्णाली प्रदेशमा ८७ हजार ९०४, सुदूरपश्चिम प्रदेशमा एक लाख ४० हजार ४३७ किशोरीले एचपिभी खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ७८६ लक्षित गर्दै एचपिभी खोप अभियान सञ्चालन गरिरहेको छ ।

एचपिभी खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने चिकित्सक बताउछन् । अभियानमा दिइएको खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन चिकित्सकको सुझाव छ ।

तपाईको प्रतिक्रिया