Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

विराटनगर, २७ पुस । विराटनगर महानगरपालिका १५ रामजानकी टोलमा अज्ञात वस्तु विस्फोट हुँदा एक बालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो स्थानीय सुवास मण्डलको छोरा अमित मण्डलको मृत्यु भएको हो । विस्फोटमा परी स्थानीय राजेश मण्डलकी आठ वर्षीया छोरी राधिकाकुमारी घाइते छन् ।

अमितको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते बालिकाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

स्थानीय अनिल मण्डलका अनुसार खेल्ने क्रममा सिलिन्डर पड्किएर बालकको मृत्यु भएको हो । प्रहरीले भने विस्फोट स्थलमा सिलिन्डर पड्किएको केही प्रमाण फेला नपरेको बताएको छ । विस्फोटको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया