Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, २७ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापा शुक्रबार भारत भ्रमणमा गएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा उनी ७ सदस्यी टोलिसहित ५ दिनका लागि भारत भ्रमणमा गएका हुन् ।

प्रधानसेनापति थापालाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी हेमन्तराज कुँवरले बिदाइ गरेका छन् । उनलाई पुस २८ गते भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष वीपिन रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने नेपाली सेनाले जनाएको छ । त्यस्तै साउथ वेस्टर्न कमाण्ड जयपुर र सेन्ट्रल कमाण्ड लखनऊको भ्रमण गर्ने कार्यक्रम पनि रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

थापा भारत भ्रमणमा रहेका बेला बलाधिकृत रथी हेमन्तराज कुँवरले कायम मुकायम प्रधानमन्त्रीको जिम्मेवारी सम्हानेछन् । प्रधानसेनापति थापा माघ २ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।
अनलाइनखबर बाट साभार

तपाईको प्रतिक्रिया