Online Bichar
मंगलबार, मंसिर ०२, २०८३ | Tuesday, November 17, 2026

रुकुम पूर्व, २१ माघ २०८१ । रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ र ६ मा रहेका औषधि पसलहरूको अनुगमन गरिएको छ।

सोमबार औषधि व्यवसायहरूले कानुन विपरीत औषधि बिक्री गरेको गुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारी जीवन कुमार खड्काको नेतृत्वमा रुकुमकोट बजारमा रहेका औषधि पसलहरूको अनुगमन गरिएको हो।

सिस्ने गाउँपालिका वडा नम्बर ५ र ६ मा रहेका ६ वटा निजी औषधि पसलमा अनुगमन गरिएको छ। जसमा ६ वटा निजी औषधि पसल मध्य ४ वटा औषधि पसलमा कानुन विपरीत कारोबार गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम ४५ हजार जरिवाना गरिएको बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बताए।

 

तपाईको प्रतिक्रिया