Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

ललितपुर, २७ पुस । पुल्चोक लाछी टोलमा बस्ने काभ्रेका काइला तामाङको होटलबाट दैनिक दुई केजी फोहोर निस्कन्छ । महानगरको फोहोर संकलन गर्ने गाडी चोकचोकमा नआउने गरेकाले उनलाई फोहोर व्यवस्सथापन गर्न हम्मेहम्मे पर्ने गरेको छ । ललितपुर महानगरपालिकाले घरमा उत्पादन हुने कुहिने फोहोर खरिद गर्ने घोषणा गरेपछि अहिले उनी मख्ख छन् । भन्छन्, ‘यसले वडा सफासुग्घर हुने मात्र नभई ५र६ रुपैयाँ भए पनि दैनिक आम्दानी हुनेछ । उनले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । घोषणा भाषणमा सीमित नहोस्,’ उनले भने । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

ललितपुर महानगर, ३ वडाले वडावासीलाई यस बारेमा सूसुचित गराउन घरदैलो अभियान थालेको छ । पुल्चोकमा किराना पसल गर्ने रामेछापका धनबहादुर जिम्बा भन्छन्, ‘अभियान राम्रोसँग संचालन भएमा अरुको फोहोरसमेत समेट्न जान हुन्छन् ।’ उनले जनप्रतिनिधिले फोहोरमैला व्ववस्थापनसम्बन्धी नीतिगत निर्णय गरेरै अगाडि बढ्नु पर्ने बताए ।

पुल्चोकका रैथाने पद्मबहादुर शाक्यले कुहिने फोहोर घरमै व्यवस्थापन गर्दै आइरहेका छन् । उनको घरबाट सातामा २ केजी फोहोर उत्पादन हुन्छ । उनले समस्याको जड फोहोर नभई चेतनाको विकासमा कमी भएको बताए ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया