Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, २७ पुस । प्रदेश ५ मा संसद् र मन्त्रालयले एउटै गाडी फरक–फरक मूल्यमा खरिद गरेको भेटिएपछि लेखा समितिले छानबिन थालेको छ । प्रदेश सभा र मन्त्रालयले खरिद गरेका १५ गाडी एउटै कम्पनी र मोडलका भए पनि खरिद मूल्य तीनथरी भेटिएपछि अनियमितताको शंका गरिएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रदेश संसद्को सार्वजनिक लेखा समितिले छानबिनका लागि प्रदेश सभाले खरिद गरेका ११ र मन्त्रालयले खरिद गरेका ४ गाडीको फाइल मगाएको छ । केही मन्त्रालयले बिहीबारसम्म फाइल बुझाइसकेका छन् । अन्य फाइल आज (शुक्रबार) आइपुग्ने र दिउँसो बस्ने समिति बैठकमा पेस गरिने समिति सभापति डिल्ली चौधरीले बताए । समितिले उपसमिति बनाएर पनि अध्ययन गर्ने सक्ने उनको भनाइ छ ।

प्रदेश सभाले ७१ लाख ९५ हजारमा खरिद गरेको टाटाको स्ट्रोम गाडी कृषि तथा सहकारी मन्त्रालयले ७२ लाख ९९ हजारमा किनेको थियो । सोही गाडी उद्योग मन्त्रालयले ७२ लाख ४२ हजारमा खरिद गरेको हिसाब देखाएको छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया