Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

दमक, २६ पुस । झापाको दमक २ स्थित डाकिनीमा रहेको हरिप्रसाद निरौलाको घरमा आज बिहान आगलागी भएको छ । बिहान पौने छ बजे तिर भएको आगलागिबाट वहाको घर सहितघरमा रहेका सबै सामान जलेर नष्ट भएका छन् । घर सँगै रहेको गोठमा समेत आगो लागेको छ । गोठमा रहेका गाई र बाख्रा समेत डढेका छन् ।

दमक नगरपालिकाको दुई वटा दमकल र स्थानीयको सहायतामा एक घण्टा पछि आगो नियन्त्रणमा आएको जनाइएको छ । कोशि ग्यासको सिलिण्डर पड्कीएर आगो लागेको घर धनी हरि प्रसाद निरौलाले बताउनु भयो । बिहान सवेरै उठेर उहाँ दुध पुर्याउन बजार गएका बेला घरमा आगो लागेको उनले बताए । आगलागीका कारण पुरै घर जलेर नष्ट भएको छ भने दुईवटा बाख्रा, एउटा बाच्छी, एउटा गाई र करिव ३५ मन धान र घरका सबै समाना जलेर नष्ट भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । त्यसै गरि छिमेकी दिनेश गुरागाईको घरमा समेत आगोले सामान्य क्षती पुर्याएको प्रहरीको भनाई छ ।

 

तपाईको प्रतिक्रिया