Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

काठ्माडौं, १५ माघ २०८१ । आवासीय चिकित्सकहरूले २४ घण्टाभित्र इन्टर्न तथा एमडी, एमडीएस, एमडी, एमसीएच रेजिडेन्टहरूको पारिश्रमिक निजी मेडिकल कलेजमा न्यूनतम सरकारी सरह कायम नगरे अत्यावश्‍यकबाहेक सम्पूर्ण सेवा बहिष्कार गर्ने चेतावनी दिएका छन्।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ‘स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीद्वारा संयुक्त रूपमा गरिएको भनिएको सारा नेपाली चिकित्सकको अपमान हुने खालको सिफारिस २४ घण्टाभित्र सच्याई सम्पूर्ण इन्टर्न तथा एमडी, एमडीएस, एमडी, एमसीएच रेजिडेन्टहरूको पारिश्रमिक न्यूनतम सकारी सरह कायम गर्न र सम्पूर्ण पीजी कार्यक्रम पूर्णतया शुल्करहित र बोन्डरहित बनाउन अन्तिम चेतावनी दिन्छौँ। यदि त्यसो नगरेको खण्डमा २४ घण्टापछि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गर्ने चेतावनी दिन्छौं।’

यता समितिका संयोजक डा. शेषराज घिमिरेले समितिसँग विगतमा गरेको सम्झौताविपरीत अन्य कुनै निर्णय गरेमा समितिसहित आवासीय चिकित्सकहरू सशक्त रूपमा प्रतिकारमा उत्रने समेत बताए।

 

तपाईको प्रतिक्रिया