Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं,२६ पुस । नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज बिहान बालुवाटारमा भएको भेटका क्रममा आपसी हितका सन्दर्भमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री तारोले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

विदेशमन्त्री तारोले हिजो समकक्षी प्रदीप ज्ञवालीसँगको भेटवार्ता गरेका थिए । सो क्रममा जापानसँगको सिधा हवाई उडानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

बुधबार काठमाडौं आएका तारो बिहीबार जापान फर्कने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया