Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

काठ्माडौं, १४ माघ २०८१ । नेपालगञ्ज भन्सार कार्यालयले किरा लागेको चना र राजमाको दाल आयातमा रोक लगाएको छ।

चना र राजमाको दाल परीक्षण गर्दा क्षतिग्रस्त दाना तथा किराले क्षति पुर्‍याएको दानाको मात्रा मापदण्डमा तोकिएको भन्दा बढी पाइएपछि आयातमा रोक लगाइएको हो।

अहिले उक्त चना र राजमाको दाल फिर्ता गर्ने प्रक्रिया चलिरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले जानकारी दिए।

‘मापदण्डभन्दा बढी किरा लागेकाले हामीले आयात गर्न नमिल्ने भनी भन्सार कार्यालयलाई प्रतिवेदन पठाएका थियौं,’ उनले भने, ‘भन्सार कार्यालयले आयात रोकी आयातित कम्पनीलाई फिर्ता गर्न लगाएको छ।’

विभागका अनुसार कशौधन ट्रेडर्स, नेपालगञ्जले ९६ हजार किलो चनाको दाल र नेन्शी सप्लायर्स, दाङले २३ हजार २ सय ८० किलो राजमाको दाल भारतबाट आयातका लागि नेपालगञ्ज भन्सार नाकामा ल्याएको थियो।

उक्त परिमाणको दाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जाँच गरेको थियो।

 

तपाईको प्रतिक्रिया