Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

भक्तपुर, १४ माघ २०८१ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्‍याइने बताएका छन् ।

भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।” उनले एकीकृत र एकद्वार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

बीमा रकम रु पाँच लाख पुर्‍याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया