Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौँ, २६ पुस । कालगतिले श्रीमान्श्रीमतीको एकै दिन मृत्यु भयो भने, के भन्नु हुन्छ ? यो कुरा सायदै कसैले पत्याउँनु हुन्न । तर काठमाडौंको नयाँ बानेश्वर निवासी शर्मा परिवारमा पुस २४ गते मंगलबार १० घण्टाको फरकमा दुःखद घटना भएको छ । यस परिवारमा छोराहरुले बुबाको दाहसंस्कार नसक्दै आमाको बियोग भोग्नु परेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सोमबार बेलुका खाना खाएर सुतेका परिवारमा राति एक्कासी बुबा रामगोविन्दलाई छातीमा असह्य पीडा भएपछि अस्पताल लगिएको थियो । अस्पतालमा पुरयाएर जाँच गर्दैमा डाक्टरले उनलाई मृत घोषण गरेका थिए । चिकित्सकले अस्पतालमा लैजादै गर्दा बाटोमा नै उनको मृत्यु भएको बताएका थिए ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया